फेदीखोला पुल बाढीले बगायो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध

केन्द्रभाग मिडिया

काठमाडौं ।

पृथ्वीराजमार्ग स्थित सेराटरमा रहेको फेदीखोला पुल बाढीले भत्काउँदा १२ बजेदेखि यातायात पूर्णरूपमा अवरुद्ध भएको छ ।लामो समय यातायात अवरुद्ध हुँदा सवारीसाधनको लामो लाइन लागेको छ भने यात्रुहरूको बिचल्ली भएको छ ।

यातायात सुचारू हुन समय लाग्ने बताइएको छ । उक्त क्षेत्र दमौली खैरेनीटार खण्डमा पर्ने हुनाले राजमार्गको यात्रा गर्दा पोखरा दुइपिप्ले दमौलीखण्डबाट गर्न प्रशासनले अनुरोध गरेको छ ।

  • ६ असार २०८१, बिहीबार १६:४४ प्रकाशित