पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार युरो र पाउण्डको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७० रुपैयाँ ३७ पैसा रहेको छ। हिजो पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६९ पैसा थियो ।
डलर एकको खरिददर १३३ रुपैयाँ २४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८४ पैसा रहेको छ भने युरो एकको खरिददर १४३ रुपैयाँ २३ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८८ पैसा रहेको छ । हिजो युरोको एकको खरिददर १४२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३२ पैसा रहेको थियो ।
आज १० जापानी येनको खरिददर ८ रुपैयाँ ४४ पैसा र बिक्रीदर ८ रुपैयाँ ४८ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १८ रुपैयाँ ४४ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६८ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २८ पैसा र बिक्री दर ३६ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ३१ पैसा र बिक्रीदर २८ रुपैयाँ ४४ पैसा रहेको छ ।














