दुग्ध किसानद्धारा विरोध प्रदर्शन, ३४ जना बढी पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौँ ।

दूधको भुक्तानी दिन माग गर्दै दुग्ध किसानहरूले विरोध प्रदर्शन गरेका छन् । दूधको भुक्तानी तत्काल दिन माग गर्दै बुधवार उनीहरुले दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय घेराउ गरेका हुन् ।

उनीहरुले दुग्ध उत्पादक कृषकहरूले दुग्ध विकास संस्थान लगायत निजी डेरीहरूबाट लामो समयदेखि दूधको भुक्तानी पाउन बाँकी रहेको भन्दै भुक्तानी दिन माग गरेका हुन् । विरोध प्रदर्शनका क्रममा ३४ जना किसानहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

भुक्तानी लगायत विभिन्न माग सहित पटक पटक गरेको सम्झौता÷सहमति समेत कार्यान्वयन नभएको उनीहरूको आरोप छ ।

  • ५ असार २०८१, बुधबार ११:०५ प्रकाशित