पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार पाउण्डको भाउ घटेको छ । आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६९ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७९ पैसा थियो ।
डलर एकको खरिददर १३३ रुपैयाँ १६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७६ पैसा रहेको छ ।यस्तै युरोको एकको खरिददर १४२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३२ पैसा रहेको छ ।१० जापानी येनको खरिददर ८ रुपैयाँ ४२ पैसा र बिक्रीदर ८ रुपैयाँ ४६ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १८ रुपैयाँ ४३ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६५ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ २५ पैसा र बिक्रीदर २८ रुपैयाँ ३८ पैसा रहेको छ ।














