लेखनाथमा रहेको संक्रामक अस्पतालमा फोहोर विर्शजन मेशिन जडान

केन्द्रभाग मिडिया

लेखनाथ ।

गण्डकी प्रदेश सरकारद्धारा कास्कीको लेखनाथमा सञ्चालित संक्रामक तथा सरुवा रोग अस्पतालमा फोहोर विर्शजन मेशिन जडान गरिएको छ ।

हस्पिटलबाट निस्कने फोहोर जन्य वस्तुको उचित रुपमा विर्शजन नहुदा हुन सक्न थप जोखिमलाई मध्यनजर राख्दै गण्डकी प्रदेशमा नै पहिलो पटक करिव एक करोड ३७ लाखको लागतमा ( सेडर स्टेलाईजिर मेशिन ) फोहोर विर्शजन मेशिन जडान गरिएको हो ।

हस्पिटलबाट निस्कने सवै खालको फोहोरलाई मेशिनमा राखेर रोगका किटाणुहरुलाई पुर्ण रुपमा निर्मलीकरण गरेर कम तौल र सानो साईजमा निकाल्ने सक्ने क्षमता मेशिनको रहेको छ भने यसलाई खेतवारी वाहेक अन्य ठाउमा पुन मलकै रुपमा प्रयोग गर्न मिल्ने भएको छ ।

यसै विच उत्त मेशिनको मंगलवार गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले शुभारम्भ गर्दै स्वास्थ्यको पौच सवै जनताले पाउनु पर्छ भन्ने मान्यताले स्वास्थ्येको क्षेत्रमा प्रयाप्त बजेट चाहिन्छ भने संघिय सरकार देखि प्रदेश सरकारमा आफुले जोडदारका साथ माग राखेको वताएका थिए ।

आर्र्थिकको अभावमा कुनै पनि जनताले अकालमा ज्यान गुमाउन नपरोस भन्ने मान्यताले यस हस्पिटलबाट स्वास्थ्य विमाको सुविधा,मुटु रोगीका लागि डाइलोसिस सेवा र आगामी दिनमा पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठनको सहकार्यमा फुल फेजको हस्पिटल संचालन गर्ने सोचका साथ गण्डकी प्रदेश सरकार अगाडी वढेको छ मन्त्री थापाको भनाई थियो ।

अस्पतालले समयको माग अनुसार नयाँ नयाँ प्रविधिको खोजी गरि जनतालाई प्रभावकारी र गुणस्तरीय सेवा दिने लक्ष्यका साथ अगाडी वढेकाले यहाँ कार्यरत सवै करारका कर्मचारीहरुलाई साउनको पहिलो हप्तामा नै म्याद थप गरिने भएकोले निर्धक्कका साथ काम गर्न मन्त्री थापाले विश्वास दिलाएका थिए ।

सोही अवसरमा गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव विनोद विन्दु थापाले स्वास्थ्यको क्षेत्रमा राज्यको ठुलो लगानी रहेकाले यसको सहि रुपमा सदुपयोग गरि प्रदेशकै नमुना हस्पिटल बनाउनका लागि सवैको साथ र सहयोग आवश्यक पर्ने सुझाव राखेका थिए ।

कार्यक्रममा संक्रामक तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक विकास गौचनले मुठी देखि सर्वोस्वदाताँको दानबाट निर्माण भएको अस्पतालले छोटो समयमा ५० वेडको हस्पिटल तयार पारी २४ सैै घण्टा सेवा दिदै आएको र आगामी दिनमा विशेष गरि मुटुका विरामीहरुलाई केन्द्रित डाईलोसिस सेवालाई प्रभावकारी बनाउने योजना रहेको बताएका थिए ।

सोही कार्यक्रममा संक्रामक तथा सरुवा रोग अस्पतालका अध्यक्ष ऋषिराम जमरकट्टेलले अस्पतालाई आर्थिक रुपमा कसरी मजबुत र सेवालाई प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा नितिगत तहमा नै कुरा उठान गरेको बताउदै हस्पिटलले जेष्ठ नागरिक र बालबालिकाको स्वास्थ्य सेवालाई प्रभावकारी, हस्पिटल क्षेत्रको कम्पाउण्ड र शान्ती सुरक्षाका लागि प्रहरी सेवा पहिलो प्राथमिकतामा परेको बताएका थिए ।

  • ५ असार २०८१, बुधबार ०९:२६ प्रकाशित