पोखरा ।
पोखरा महानगर पालिका–६ बैदाम निवासी गणेश बहादर ढकाल राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को केन्द्रीय सल्लाहकार मनोनित भएका छन छ ।
राप्रपाका केन्द्रीप अध्यक्ष राजेन्द्र लिङ्देलले आइतवार एक कार्यक्रमका बीच ढकाललाई मनोनयन पत्र हस्तान्तरण गर्दै सम्मान गरेका थिए ।
सल्लाहकार मनोनित ढकाल विद्यार्थी राजनीतिबाट राजनीति सुरु गरी रा।प्र।पा जिल्ला सचिव हुदै कास्कीको कार्यवाहक अध्यक्ष बनेका थिए ।
ढकाल निष्ठाको राजनीतिका साथै विभिन्न सामाजिक काममा सक्रिय रहेका छन्।
आफ्नो जीवन राजनीतिलाई र समाज सेवामा समर्पित गरेका ढकालले हालसम्म कुनै पनि लाभको पद नलिएका र कास्की राप्रपाको निस्ठावान कार्यक्रताको रुपमा चिनिन्छन ।