पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध

केन्द्रभाग मिडिया

File photo

लमजुङ ।

डुम्रे – बेँसीसहर सडकखण्ड पहिरोले अवरुद्ध बनेको छ ।

गए रातिदेखिको निरन्तर परेको वर्षाले बेँसीसहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकरा दिएको छ ।

सडक खुलाउन प्रहरी टोली परिचालन भए पनि पानी निरन्तर परिरहेकाले समस्या भएको सूचना अधिकारी थानेश्वर चपाईंले जानकारी दिएका छन् सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र परेका छन् ।

बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवनलगायतका स्थानमा जाने यात्रु र सो स्थानबाट बेँसीसहर र बेँसीसहर हुँदै हिमाली जिल्ला मनाङ जाने यात्रु समस्यामा परेका हुन् । बिरामी बोकेको एम्बुलेन्ससमेत रोकिएका छन् । यस वर्ष यो सडक पहिलोपटक अवरुद्ध भएको हो ।

  • ४ असार २०८१, मंगलवार ०९:०३ प्रकाशित