काठमाडौं ।
पाल्पामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।
रैनादेवी छहरा गाउँपालिका ३ डाडागाउँका ५६ वर्षीय विमल प्रसाद पन्तको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक श्रेष्ठका अनुसार पन्त घरमै बसिरहेको बेला आइतबार बेलुकी साढे ६ बजेतिर चट्याङ लागेको थियो ।उनलाई उपचार गर्न लुम्बिनी मेडिकल कलेज प्रभाष लगिएको थियो । चेकजाँचको क्रममा डाक्टरहरुले उनलाई मृत घोषणा गरेका थिए ।













