सभामुख र राष्ट्रिय सभा अध्यक्षले कर्मचारीको आन्दोलनबारे छलफल गर्दै

केन्द्रभाग मिडिया

काठमाडौँ ।

संसद् सचिवालयका कर्मचारीको आन्दोलनबारे छलफल गर्न प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षले सरोकारवालासँग छलफल गर्ने भएका छन् ।

बैठकमा छलफलका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाका पदाधिकारी, दुवै सभाका प्रमुख सचेतक, मुख्य सचेतक, संघीय संसद्का महासचिव र सचिवालय सचिवसहितको बैठक बोलाइएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ ।

बैठक राज्यव्यवस्था समितिको हलमा बस्नेछ । सेवा सुविधाको मागसहित केही समययता संसद् सचिवालयका कर्मचारीहरू आन्दोलनरत छन् ।

  • ३ असार २०८१, सोमबार १०:३३ प्रकाशित