पहिरो पन्छाएपछि मुग्लिन खण्ड पुनः सञ्चालनमा

केन्द्रभाग मिडिया

File photo

चितवन ।

पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ । मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बिचमा पहिरो जाँदा आज बिहानदेखि राजमार्ग अवरुद्ध बनेको थियो ।

इलाका प्रहरी कार्यालय मुग्लिनले पहिरो पन्छाएपछि अहिले राजमार्ग दुईतर्फी सञ्चालनमा आएको जानकारी दिएको छ। राजमार्ग पुनः सञ्चालनमा आएपछि रोकिएका सवारी साधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

  • ३ असार २०८१, सोमबार ०९:१४ प्रकाशित