पेस्तोल देखाएर सुन चाँदी पसलमा लुटपाट

केन्द्रभाग मिडिया

चितवन ।

कालिका नगरपालिपका ६, खोलेसिमलमा रहेको सुनचाँदी पसलमा हतियार देखाएर लुटपाट भएको छ ।

हिजो शनिबार राती पसल ८ः४० को समयमा विनोद सुनारको सुनचाँदी पसलमा हतियार देखाएर लुटपाट गरिएको चितवन प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार लुटपाट गर्ने समूहले ३५ किलो चाँदी, ३ किलो सुन र दुई लाख रुपियाँ लुटेर लगेका हुन् ।

पसल बन्द गर्न अगाडिका दुई सटर झारिसकेको र एउछा मात्रै ढोका बन्द गर्न लाग्दा समुहमा आएका लुटेराले पेस्तोल देखाएर लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

लुटेरा समूहले सुन पसलमा जडान गरिएको सिसिटिभिको डिस नै खोलेर लगेको प्रहरीले जनाएको छ । प्रहरीले लुटपाटमा संलग्न भएको आशंकामा ४ जनालाई पक्राउ गरि सोधपुछ गरिरहेको जनाएको छ ।

  • २ असार २०८१, आईतवार ११:०५ प्रकाशित