भारतको उत्तराखण्डमा गाडी नदीमा खस्दा १४ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

नयाँ दिल्ली ।

भारतको उत्तरखन्ड राज्यमा पर्यटकहरू सवार एउटा गाडी नदीमा खस्दा १४ जनाको ज्यान गएको छ । भने १२ जना घाईते भएका छन् । गुरुग्रामबाट उत्तराखण्ड घुम्न गएका पर्यटकहरू सवार गाडी दुर्घटनामा परेको हो ।

रुद्रप्रयाग नजिकै बद्रीनाथ राष्ट्रिय राजमार्गबाट पर्यटक बोकेको एउटा यात्रुवाहक गाडी अनियन्त्रित भई करिब ३०० मिटर तल अलकनंदा नदीको किनारमा खसेको थियो ।

सो गाडीमा २६ जना यात्रु सवार रहेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । सो ट्राभलर गाडी गुरुग्रामबाट तुंगानाथ–चोपटा जाँदै गर्दा शनिबार बिहान ११ः३० बजे रुद्रप्रयाग मुख्यालय नजिकै दुर्घटनामा परेको बताइएको छ ।

यस घटनामा १४ जनाको ज्यान गएको पुष्टि भएको र ३ जनाको सनाखत हुन नसकेको बताइएको छ । गाडी सडकबाट करिब ३०० मिटर गहिरो भीरमा खसेको थियो । १० जनाको घटनास्थलमै ज्यान गएको थियो ।

  • २ असार २०८१, आईतवार १०:२५ प्रकाशित