पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीले जेठ महिनामा ६५ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । प्रहरी टोलीले विभिन्न मुद्धामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बांकी रहेका ६५ जनालाई पक्राउ गरी अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सुचना अधिकारी अभिनाश दिप जिसीले जानकारी दिए ।
प्रहरीका अनुसार जालसाझी मुद्धामा ६ जना, चेक अनादर मुद्धामा २४ जना लागू औषध सम्बन्धी मुद्धामा ८ जना, सवारी ज्यान सम्बन्धी मुद्धामा २ जना, चोरी सम्बन्धी मुद्धामा ७ जना, जबरजस्ती करणी मुद्धामा १ जना, अभद्र ब्यवहार मुद्धामा ९ जना, अपराधिक लाम (एक्सटर्सट) मुद्धामा १ जना, बैंकिङ कसूर मुद्धामा २ जना, सुनाखरी संकलन तथा चोरी निकासी सम्बन्धी मुद्धामा १ जना, घरेलु हिंसा सम्बन्धी मुद्धामा १ जना, लिखत सम्बन्धी कसूरमा १ जना र ठगी सम्बन्धी कसूरमा १ जना फरार प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेश गरिएको हो ।
पक्राउ परेकाहरुबाट ८ वर्ष १ दिन कैद सजाय र घ्५ लाख ९७ हजार ५ सय ८२ जरिवाना असुल गर्नका लागि अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।