बक्र ईदको अवसरमा सोमबार सार्वजनिक बिदा

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल–अजहा)को अवसरमा सोमबार सार्वजनिक बिदा दिएको छ ।

ईदका दिन असार ३ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयका सहसचिवरप्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रबार विज्ञप्तिमार्फत जानकारी गराएका हुन् ।

मिति २०८०/१०/२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल-अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८१ साल असार ३ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ, विज्ञप्तिमा उल्लेख छ ।

  • ३२ जेष्ठ २०८१, शुक्रबार १६:४१ प्रकाशित