आगामी वर्ष कम्तीमा १६ लाख पर्यटक भित्राउने लक्ष्य

केन्द्रभाग मिडिया

काठमाडौँ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङले आगामी वर्ष कम्तीमा १६ लाख पर्यटक भित्र्याउने ठोकुवा गरेका छन् ।

शुक्रबारदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको नेपाल इन्टरनेशनल टुरिजम एक्स्पोको उद्घाटन गर्दै मन्त्री तामाङले यस्तो बताएका हुन् ।

पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गर्दै १६ लाखको लक्ष्य पुरा गरिछाड्ने उनले बताए । सन् २०२३ मा १० लाख पर्यटक नेपाल आएकोमा सन् २०२४ मा कम्तीमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको मन्त्री तामाङको भनाइ छ ।

सरकारले यस क्षेत्रको विकासको लागि पहिले लगाउँदै आएको हवाई टिकटको भ्याट र अन्य अनावश्यक कर हटाउने काम समेत भइरहेको जानकारी दिए । यसको समाधान बजेट पास हुनुअघिनै गरिने जानकारी समेत मन्त्री तामाङले दिए ।

पर्यटन क्षेत्रले बेहोरिरहेको समस्या समाधान गर्न सरकार लागि परिरहेको उनको भनाइ छ । पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि यस क्षेत्रमा विभिन्न करहरु हटाउने कुरामा सरकार लागि परेको र सम्बोधन हुने पनि उनले प्रस्ट पारे ।

  • ३२ जेष्ठ २०८१, शुक्रबार १५:५५ प्रकाशित