पोखरा-जोमसोम सहज ट्याक्सी सेवा विस्तारको सम्भाव्यता अध्ययन

दशैं अगाडि नै सेवा विस्तार गरिने, सुलभ मूल्यमा यात्रा गर्न पाइने

केन्द्रभाग मिडिया

पोखरा ।
पोखराबाट मुस्ताङको जोमसोमसम्म ट्याक्सी सेवा विस्तारको सम्भाव्यता अध्ययन गरेर पोखरेली ट्याक्सी सेवा प्रालिको एक टोली फर्किएको छ ।

चार वटा ट्याक्सीमा १६ जनाको टोली मुस्ताङ पुगेर फर्किको पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष सोभाकान्त पौडेलले जानकारी दिए । त्यसका साथै मुस्ताङका पर्यटकीय स्थलहरुको अवलोकन र त्यहाँ दिने सेवाका बारेमा पनि जानकारी लिएको उनले बताए ।

उनका अनुसार छिट्टै रुटमा पर्ने विभिन्न यातायात कम्पनीसंग सहकार्य गर्दै पोखरादेखि मुस्ताङसम्म गुणस्तरीय सेवा दिने तयारीमा आफूहरु लागेको उनले बताए ।

‘हामीले मुस्ताङको जोमसोमसम्म पोखराबाट ट्याक्सी सेवा दिने तयारी गरेका छौं । त्यसका लागि सम्भाव्यता पनि हेरेर आयौं ।’ उनले भने,‘सर्वसुलभ रुपमा गुणस्तरीय सेवा विस्ता गर्न सकिने देखिएको छ । अब बाटोमा पर्ने र सरोकारवाला व्यवसायी कम्पनीहरुसंग सहकार्य गरेर छिट्टै सर्वसुलभव रुपमा गुणस्तरीय सेवा दिनेछौं ।’

पोखरेली ट्याक्सी सेवा प्रालिका उपाध्यक्ष पूर्णबहादुर गुरुङका अनुसार पोखराबाट मुस्ताङ जाने पूर्वाधार अब निकै सहज भएको छ । बेनीको केही क्षेत्र बैसेरी, रुप्से छहरा, र दाना क्षेत्रको वरपर बाटो केही असहज छ । बाँकी ठाउँमा बोटो सहज रहेको र सेवा दिने सकिने उनले जानकारी दिए ।

महासचिव युवराज भट्टराईले प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यमा स्तरीय सेवा प्रदान गर्न स्थानीय कम्पनीसंग सहकार्य गर्दै अगाडि बढ्ने नीति पोखरेली सेवा प्रालिले लिएको छ । महासचिव भट्टराईले आफूहरुको अध्ययन टोली कोरला नाकासम्मको यात्रा र अबलोकन गरेर फर्केको बताए ।

  • ३२ जेष्ठ २०८१, शुक्रबार १५:५९ प्रकाशित