अमेरीकामा हुने युवा नेतृत्वमा मदरल्याण्ड माविका ४ विद्यार्थी

केन्द्रभाग मिडिया

पोखरा ।
अमेरीकाको वासिङ्टन डीसी र क्यान्सस शहरमा आयोजना हुने युवा नेतृत्व कार्यक्रममा भाग लिन पोखराको मदरल्याण्ड माविका ४ विद्यार्थी जान लागेका छन् । उनीहरुलाई बिहीबार गण्डकी प्रदेशकी प्रमुख सचिब लक्ष्मी कुमारी बस्नेतले अबिर र माला लगाएर विदाइ गरिन् ।मदरल्याण्ड माविमा कक्षा १० मा अध्ययनर कृपा बराल र एल्भिना बराल, कक्षा ११ व्यवस्थापनमा अध्ययरत सुबिज्ञा नेपाल र विज्ञान संकायमा अध्ययरत रबिना पौडेल जान लागेका हुन् ।

उनीहरु अमेरिकी दुतावास नेपालले सञ्चालन गरेको प्रतिष्पर्धामा उत्कृष्ट भई छनौट भएका थिए । नेपालभरबाट १६ जना छात्राहरु छनोट गरेको मदरल्याण्डबाट चार जना पर्न सफल भएका हुन् । विज्ञान, गणित, इन्जिनियरीङ र टेक्नोलोजीका बारेमा नेतृत्व सम्बन्धी तालिम लिने छन् । उनीहरुले महिलाको नेतृत्व, वातावरणीय विकास, खाद्यय सुरक्षा, सस्कृतीका बारेमा समुदायमा बसेर सिक्ने छन् । उनीहरु नेपाल फर्किएपछि पनि आफ्नो परियोजना अनुसार समुदायमा नै काम गर्ने छन् ।

उनीहरुले २१ दिन सम्म अमेरिकामा रहेर अन्य देशका युवाहरु सँगै युवा नेतृत्व कार्यक्रममा सहभागीता जनाउने छन् । उनीहरु अमेरिकन सरकारको व्यवस्थापनमा देशकै प्रतिनिधित्व गरेर सहभागी जनाउन लागेका हुन् ।विदाई कार्याक्रममा गण्डकी प्रदेशकी प्रमुख सचिब लक्ष्मी कुमारी बस्नेतले विद्यार्थीलाई पढाइ र सिकाई सँग सँगै भए छिटो सिक्ने सक्ने बताइन् । उनले विद्यार्थीहरुले अमेरिकामा सिकेका कुरा विद्यालयमा आएर अन्य साथीहरुलाई पनि सिकाउदा अझ फलदायी हुने बताइन् ।

कार्यक्रममा विद्यालयका प्रिन्सीपल नारायण बरालले विद्यालयले विद्यार्थीको चौतर्फीमा लागेको बताउदै त्यसै अनुसार नै विद्यार्थीहरु छनौट भएको बताए । उनले विद्यार्थीको सबै कुरामा विकासका लागि पढाइ सँगै खेलकुद, हाजिर जवाफ, अतिरिक्त क्रियाकलापहरु गराउदै आएको बताए ।

  • ३१ जेष्ठ २०८१, बिहीबार २१:३३ प्रकाशित