नक्कली सुन देखाइ प्लाष्टिक पसलेलाई ४ लाख ठग्ने दुुई भारतीय पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।
पोखराको सिर्जनाचोकमा प्लाष्टिक पसलेलाई नक्कली सुन दिई चार लाख ठग्ने दुुई जना भारतीयलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश घर भएकी ७१ वर्षिय प्रभा देवी र सोही स्थानका ४२ वर्षिय राम नारायण सुलेङ्गी रहेका छन ।

बुुधवार पोखरा ८ सिर्जनाचोकमा रहेको प्लाष्टिक पसल गरी बस्ने ५२ वर्षिय ब्याक्तिलाई सुनको माला भनी नक्कली पहेँलो धातुुको माला दिई नगद ४ लाख रुपैया लिइ भाग्दै गरेको अवस्थामा पोखरा १७ छोरेपाटन बरकोबोट प्रहरी चौकीमा प्रहरीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले खोजतलास गर्ने क्रममा पोखरादेखि बुटवल तर्फ जाँदै गरेको हायस गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा उनीहरुलाई नगद ३ लाख ९० हजार सहित फेला पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अविनाश दिप जिसीले जानकारी दिए ।

पक्राउ परेका दुुवै जनालाई कास्की जिल्ला अदालतबाट ठगी, अपराधिक विश्वासघात तथा अपराधिक लाभ (एक्सट्रसन) सम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धात प्रकृया अगाडी वढाइएको प्रहरीले जनाएको छ ।

  • ३१ जेष्ठ २०८१, बिहीबार २०:५८ प्रकाशित