काठमाडौं ।
राप्रपा नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक बिहीबार र शुक्रबार बस्ने तय भएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
त्यसअघि बुधबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठक केन्द्रीय समितिमा प्रस्तुत हुने राजनीतिक कार्यपत्र र प्रतिबेदनहरु पारित गरेको छ ।
बैठकले अध्यक्ष कमल थापाको राजनीतिक कार्यपत्र, महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धि प्रतिबेदन,कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको आर्थिक प्रतिबेदनलगायत पारित गरेको हो ।