विकासमा नेपाली सेनाको संलग्नतामाथि पृथ्वीसुब्बा गुरुङले गरे प्रश्न

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधि सभा सदस्य एवं एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले विकासमा नेपाली सेनाको संलग्नतालाई लिएर प्रश्न उठाएका छन् ।

गुरुङले बुधबार प्रतिनिधि सभाको बैठकमा रक्षा मन्त्रालयको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा बोल्दै सेनाको विकासका कामबारे प्रश्न गरेका हुन् ।

‘राजनीतिक पार्टीहरू, हामीहरू यस्तो संवेदनशील जुन संरचना छ, जुन अंग छ नेपाली सेना, यसलाई हामी व्यापार गर्न दिन्छौं, ठेक्कापट्टा गर्न दन्छौं । सुरक्षाको हिसाबले संवेदनशीलताको यो कुरा कति जायज हो रु’ गुरुङले भने ।

यो विषयमा नेताहरूले बोल्नुपर्ने उनको राय छ । ‘आज नेताहरूले विकासमा नेपाली सेनाको संलग्नतामा मुख खोल्न सक्दैनन् । तर हामीले सोच्नुपर्छ,’ उनले भने ।

विकासमा संलग्न हुँदै अगाडि बढेको सेनाको महत्वाकांक्षा बढ्दा विभिन्न देशमा संकट उत्पन्न भएको ख्याल गर्नुपर्ने गुरुङले बताए ।गुरुङले राष्ट्रिय सुरक्षा भनेको नेपाली सेना मात्रै हो भन्ने बुझाइमा समेत प्रश्न उठाएका छन् ।

  • ३० जेष्ठ २०८१, बुधबार १४:५३ प्रकाशित