पहिरोमा पुरिएर एकको ज्यान गयो, दुई जना घाइते

केन्द्रभाग मिडिया

खाँदबारी ।

सङ्खुवासभाको चिचिला गाउँपालिका(३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

मङ्गलवार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको ज्यान गएको तथा मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका प्रहरीले जनाएको छ ।

उनीहरू निदाएका बेला पहिरो खसेको हो । जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा पुरिएका छन् ।

  • ३० जेष्ठ २०८१, बुधबार ११:०६ प्रकाशित