गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले विश्वासको मत पाए

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेश प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् । प्रदेशसभामा पाण्डेले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत परेको हो भने विपक्षमा २८ मत परेको छ ।

पाण्डेलाई कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र सांसद राजीव गुरुङ र माओवादीबाट चुनाव लडेका नेसपा सांसद फडिन्द्र देवकोटाले मत दिएका हुन् ।

यसैगरी विपक्षमा एमालेका २२ र माओवादीका ६ प्रदेशसभा सदस्यको मत परेको थियो ।माओवादीबाट चुनाव लडेर निर्वाचित भएका देवकोटाले फ्लोर क्रस गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हुन् । देवकोटाले मत दिने समयमा एमाले र माओवादीले प्रदेश सभामा नाराबाजी गरेका थिए ।

प्रदेश सभाको अर्को बैठक जेठ २९ अर्थात भोलि बस्ने गरि स्थगित भएको छ।

  • २८ जेष्ठ २०८१, सोमबार १६:५३ प्रकाशित