गण्डकी प्रदेशसभामा एमाले–माओवादीले गरे नाराबाजी

केन्द्रभाग मिडिया

काठमाडौँ । गण्डकी प्रदेशसभामा मुख्यमन्त्री सुरेन्द्र पाण्डेले विश्वासको मत लिने क्रममा नाराबाजी भएको छ ।मत विभाजनका क्रममा सत्तारुढ दलका सांसदहरूले माओवादी केन्द्रका सांसद फणिन्द्र देवकोटालाई पक्षमा मतदान गर्न लगेसँगै एमाले र माओवादी केन्द्रका सांसदहरूले नाराबाजी गरेका हुन् ।

यसअघि नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले कसैले फ्लोर क्रस गरे प्रतिवाद गर्ने चेतावनी दिएका थिए।

गण्डकी प्रदेश सभामा सम्बोधन गर्दै उनले माओवादी सांसद तथा नेपाल समाजवादी पार्टी ९नेसपा०नेता फडिन्द्र देवकोटाप्रति लक्षित गर्दै ह्विप मान्नुपर्ने बताएका थिए ।

‘दल एउटा, भोट अर्को ठाउँमा जान्छ भने स्वाभाविक मानिँदैन । हाकाहाकी यस्तो भनेको सुनियो,’ उनले भने, ‘त्यसलाई राजनीतिक रुपमा प्रतिवाद गरिन्छ । कुना कोठामा बसेर गरेका निर्णय अनुमोदन गर्ने ठाउँ संसद् होइन ।’

यस्तै माओवादीले पनि आफुहरुले विपक्षमा मत हाल्ने बताएका थिए ।

  • २८ जेष्ठ २०८१, सोमबार १६:४५ प्रकाशित