पोखरा ।
पानस बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ‘सहकारी शिक्षा तथा अन्तरक्रिया कार्यक्रम’ सम्पन्न गरेको छ । सहकारीको गतिविधि र आगामी दिनमा गर्नुपर्ने कार्यको बारेमा जानकारी गराउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष महेश्वर रिमालले बताए ।
सहकारीका कार्यसमितिका पदाधिकारी र सदस्य, शेयर सदस्य, कर्मचारी, पूर्व अध्यक्ष सहित ६० जनाको सहभागीतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको अध्यक्ष रिमालले बताए । अन्तरक्रिया कार्यक्रमको सहजीकरण पोखरा महानगरापालिका सहकारी विभाग दर्ता अधिकारी अनिल कार्कीले गरेका थिए ।
सहकारीका अध्यक्ष महेश्वर रिमालको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष ईन्द्रमान चौहान, शिक्षा उपसमिति संयोजक श्याम श्रेष्ठ, उपाध्यक्ष दुर्गाबहादुर थापा, प्रबन्धक धनेन्द्र गुरुङले संस्थाका गतिविधि र आर्थिक गतिविधिबारे प्रकाश पारेका थिए ।
पूर्ण बैठक सहितको अन्तरक्रिया कार्यक्रमको सञ्चालन संस्थाका सचिव डुकप्रसाद काफ्लेले गरेका थिए । दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने उदेश्य बोकेर स्थापना भएको सहकारीको कार्यालय पोखराको सिर्जनाचोकमा रहेको छ ।













