पोखरा । कास्की वचत तथा ऋण सहकारी संस्थाले बार्षिक निति तथा वजेट निर्माण सम्वन्धी दुई दिने तालिम सम्पन्न गरेको छ । तालिममा कास्की वचत तथा ऋण सहकारीमा आवद्ध कास्की जिल्ला विभिन्न सहकारीबाट सञ्चालक, कार्यकारी प्रमुख तथा व्यवस्थापक गरी ४९ जनाको सहभागिता रहेको कार्यक्रम संयोजक तथा संस्थाका कोषाध्यक्ष केशवशरण पौडेलले जानकारी दिए ।
तालिममा नेफ्स्कुन पूर्व कार्यकारी प्रमुख कुवेर निरौलाले सहजिकरण गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी पोखरा महानगर पालिका सहकारी महाशाखाका अध्यक्ष रविरमण तिवारीले सहारीको ऐन नियम र कानुनको उल्लंघन गर्ने छुट कसैलाई नभएको बताए ।कास्की वचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार सुदिप ढकालले सदस्य केन्द्रीय भएर संस्था सञ्चालन गरेमा सहकारी समस्यामा नपर्ने बताए ।
कास्की बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शेरबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा निर्वतमान अध्यक्ष भेषराज बराल, सहभागि डम्वरसिंह वस्नेत, शान्ती अधिकारी संस्थाका उपाध्यक्ष ईश्वर प्रसाद सुवेदी र सचिव मिनराज तिमिल्सिना लगायतले आ आफ्नो धारणा राखेका थिए ।













