पोखरा ।
पोखराको मित्र मिलन सहकारी ठगी सम्बन्धी मुद्धाका फरार दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा २१ कृष्ति बस्ने २० वर्षिय भरत भट्टराइ र सोही ठाउँ बस्ने २८ वर्षिय सुवास अधिकारी रहेका छन ।
पक्राउ परेको भट्टराइ मित्र मिलन सहकारीका पूर्व अध्यक्ष हुन भने अधिकारी सहकारीका गैह्र सदस्य रहेको र उनीहरुलाई लुकिछिपि बसेको अवस्थामा तनुहँको शुक्लागण्डकी नगरपालिका १ कोत्रेबाट वडा प्रहरी कार्यालय गगनगौडा कास्कीबाट खटिएको टोलीले पक्राउ गरेको कास्की प्रहरीका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक अविनाश दिप जिसीले जानकारी दिए ।
प्रहरी निरीक्षक जिसीका अनुसार पक्राउ परेका दुवै जनालाई कसुर अभियोग बमोजिमको सजायको लागि कास्की जिल्ला अदालत पेश गरिएको छ ।













