दैलेख ।
दैलेख र अछाम जोड्ने कर्णाली नदीको झोलुंगे पुलको लट्ठा चुुडिंदा १४ वटा खच्चड पुलमै अड्किएका छन । झोलुंगे पुलको एकतर्फको लट्ठा चुडिंदा आइतबार बिहानदेखी १४ खच्चड पुलको साइडमा लगाइएको तारजालीमा फसेका हुन ।
पुलको लट्ठा चुडिंएपछिख हाल दुई जिल्लाबीच आवतजावत समेत बन्द भएको छ । पुलले सुदूरपश्चिम कर्णाली प्रदेशलाई जोड्नुका साथै अछामको पञ्चदेवल बिनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ नम्बर वडामा पर्दछ ।
जिल्ला प्रशासन कार्यालय दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोइरालाले घटनाको जानकारी पाएसंगै उद्धारका लागी टोली परिचालन भइसकेको जानकारी दिए ।













