पोखरा–४ मा समृद्धि फाइनान्सको निशुल्क स्वास्थ्य जाँच, २६४ जनाले लिए सेवा

केन्द्रभाग मिडिया

पोखरा ।

समृद्धि फाइनान्सको आयोजनामा निशुल्क स्वास्थ्य जाँच सम्पन्न भएको छ ।

पोखरा महानगरपालिका वडा ४ सहरी स्वास्थ्य केन्द्र र वडा ४ को विशेष सहयोग तथा पश्चिमाञ्चल डाइग्नोसिक एण्ड रिर्सच सेन्टरको प्राविधिक सहयोगमा वडा ४ मा भएको स्वास्थ्य जाँचमा २६४ जनाले निशुल्क सेवा लिएका छन् ।

निशुल्क स्वास्थ्य जाँचमा वडा ४ का वडाध्यक्ष देवकृष्णा पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो ।अतिथिहरुमा स्वास्थ्य सहरीकेन्द्रका पोखरा महानगरपालिका वडा ४ का सदस्य सुजन पौडेल, पश्चिमाञ्चल डाइग्नोसिक एण्ड रिर्सच सेन्टरका अध्यक्ष पुरुषोत्तम सुवेदी रहेका थिए ।

डा. अनुप बराल र डा.प्रतिभा तिमिल्सिनाले स्वास्थ्य जाँच गरेका थिए ।

  • २७ जेष्ठ २०८१, आईतवार ०९:३१ प्रकाशित