पोखरा ।
कास्की जिल्ला वन क्षेत्र समन्वय समितिको बैठक शुक्रबार पोखरामा सम्पन्न भएको छ।
बैठकलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा बन क्षेत्र समन्वय समितिका प्रमुख लिलाधर पौडेलले बन क्षेत्रको संरक्षणमा सरकारी निकायहरू अति गम्भीर र प्रभाबकारी ढंगले लागि पर्न आग्रह गर्दै पछिल्लो समय वन विनासको महत्वपूर्ण कारक तत्व डढेलो नियन्त्रण गर्न प्रभावकारी जनचेतना सहितका कार्यक्रम बनाउन आग्रह गरे ।
मानव जीवन सहित सम्पूर्ण जिवजन्तुको अस्तित्व नै समाप्त हुने गरि वन विनास बढ्दै जानू अत्यन्त चिन्ताको विषय भएको भन्दै प्रमुख पौडेलले संरक्षणका निम्ति तत्काल अल्पकालिन र दीर्घकालीन कार्ययोजना आवश्यक भएको हुँदा त्यसतर्फ ध्यान दिन सरोकारवाला कार्यालयका कर्मचारीहरूलाई आग्रह गरे।
पौडेलले छलफलका क्रममा देखिएका समस्या ,चुनौती ,कानुनी र नितिगत समस्या हल गर्न सरकारको ध्यानाकर्षण गराउने उल्लेख गर्दै घनिभुत ढंगले समन्वय गर्ने उल्लेख गरे। पौडेलले नितिगत झन्झट राजनितिक तहबाटै हल गर्नुपर्ने उल्लेख गरे ।
कार्यक्रममा जिसस कास्कीका उप-प्रमुख सरिता माल, कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल, कास्कीका डिभिजनल बन अधिकृत कोमलराज काफ्ले , एक्याप पोखरा कार्यालयका प्रमुख डाक्टर रविन कडरिया , सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकीका अध्यक्ष कालिदास सुवेदी सहितका विभिन्न सरोकारवाला व्यक्तिहरूले वन क्षेत्रमा देखिएका समस्या ,चुनौती र निराकरणका सम्बन्धमा आ –आफ्नो धारणा व्यक्त गरेका थिए ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा वन क्षेत्र समन्वय समितिका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो।त्यसैगरीबाल कल्याण संस्थाको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक शुक्रबार सम्पन्न भएको छ।
बैठकलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला परियोजना सल्लाहकार समितिका अध्यक्ष लिलाधर पौडेलले समाज विकासका निम्ति गैर सरकारी संस्थाहरूको भुमिका महत्वपूर्ण रहदै आएको उल्लेख गर्दै ती संस्थाहरू विभिन्न तहका सरकारसंग अझै सघन ढंगले हातेमालो गर्न आग्रह गरे ।
पौडेलले सबै क्षेत्रमा कार्यरत व्यक्तित्वहरू इमान्दार तवरले लागेमा मात्रै समृद्धिको अभियान सार्थक रूपले अगाडि बढ्ने बताए ।
सो अवसरमा जिल्ला समन्वय समिती कास्कीका सदस्यद्वय सितादेबी बि .क र लक्ष्मी दमै ,कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख किरण सिग्देल,जिल्ला शिक्षा समन्वय समिती कास्कीका कार्यालय प्रमुख लोकनाथ आचार्य , ,पोखरा महानगर पालिका शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्य ,गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष बुद्धि बहादुर थापा ,गण्डकी प्रदेशका बाल कल्याण अधिकारी बद्री वाग्ले सहितले आ – आफ्नो धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा बाल कल्याण संस्थाका कार्यकारी निर्देशक बिजय कुमार प्रधानले संस्थाको परिचय सहित,गतिबिधी ,कार्यक्रम र बिबिध पक्षहरूको बारेमा जानकारी गराएका थिए ।
जिल्ला परियोजना सल्लाहकार समितिका अध्यक्ष लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न बैठकको संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए ।













