मकवानपुरमा भएको दुर्घटनामा पोखरा-११ की निर्मलाको ज्यान गुम्यो

केन्द्रभाग मिडिया

मकवानपुर ।

मकवानपुरमा ग्यास बुलेट गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको ज्यान गुमेको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने मनहरी गाउँपालिका वडा नम्बर-९ रजैयामा एएस–२५ डिसी ०२१२ नम्बरको ग्यास बुलेट गाडीमा ग ७ प २३०४ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलको पछाडि सवार पोखरा ११ फूलबारीकी ३३ वर्षीया निर्मला अधिकारीको ज्यान गुमेको हो ।

चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बुलेट गाडीसंग विपरित दिशाबाट गएको मोटरसाइकल शुक्रबार विहान ९ः१० बजे ठोकिएकोे हो । पछाडि सवार अधिकारीको हेटौँडास्थित सीएमसी चुरेहिल हस्पिटलमा उपचारको क्रममा बिहान १० : ४८ बजे ज्यान गुमेको इलाका प्रहरी कार्यालय मनहरीयाका प्रहरी नायव निरीक्षक तीलकबहादुर क्षेत्रीले जानकारी दिए ।

मोटरसाइकल चालक सोही स्थान बस्ने वर्षका ३१ का सुवास गुरुङको भने सीएमसी चुरेहिल हस्पिटलमै उपचार भइरहेको छ ।

ग्यास बुलेट चालक भारतको विहार राज्य पटियार थाना सदियान सुदमी बस्ने ३७ वर्षका मनीन्द्र कुमार दास र ग्यास बुलेटलाई इलाका प्रहरी कार्यालय मनहरीयाले नियन्त्रणमा लिएको छ ।

  • २५ जेष्ठ २०८१, शुक्रबार १४:३८ प्रकाशित