पोखरा ।
प्राइम कमर्सियल बैंकका कर्मचारी र ग्राहकले पोखराको रानीपौवामा रहेको मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिमा उपचार गर्दा बिशेष छुट पाउने छन् ।
मेडिप्लस हस्पिटल र प्राइम कमर्सियल बैकले आफ्ना ग्राहकलार्इ हस्पिटलका बिभिन्न सेवामा छुट दिन एक कार्यक्रम गरि एक आपसमा सम्झौता गरेका हुन् । जसअनुसार बैंकका कर्मचारी तथा बैंकमा खाता भएका ग्राहकले ५ देखि २० प्रतिशतसम्मको छुट पाउनेछन । यो सम्झौता २ बर्षको लागी लागुहुने हस्पिटलका ब्याबस्थापक सुरेसराज सुबेदीले जानाकारी दिए ।
सम्झौतामा अस्पतालका तर्फवाट व्यवस्थापक सुरेसराज सुवेदी र बजार व्यवस्थापक शोभाखर पान्डे र प्राइम कमर्सियल बैक तालचोक साखा प्रमुख दीर्घप्रसाद अधिकारीले बीच सम्झौता पत्रमा हस्ताक्षर भएर आदानप्रदान भएको छ ।
बैंकका ग्राहाकले उक्त सेवा लिनका लागि अनिवार्य प्राइम कमर्सियल बैकको मोवाईल बैंकिङ कार्ड तथा चेक बाट भुक्तानि गरेको हुनुपर्ने छ । बैंक तथा हस्पिटल बीच भएको यो सम्झौताले बैंकका गन्डकी प्रदेशका सम्पूर्ण शाखाका कर्मचारी तथा ग्राहक लाभान्वित हुने बैकका तालचोक शाखा प्रमुख दीर्घप्रसाद अधिकारीले बताए ।
अस्पतालले हाल भारतिय गोर्खा शैनिकको स्वास्थ्य सेवा तथा सामाजिक सुरक्षा कोष अन्तर्गतको स्वास्थ्य सुविधा प्रदान गरिरहेको हस्पिटलका व्यवस्थापक सुबेदीले जानकारी दिए ।













