पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलर एकको खरिददर १३३ रुपैयाँ २६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८६ पैसा रहेको छ ।
आज युरो एकको खरिददर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा छ । यस्तै आज पाउण्ड एकको खरिददर १७० रुपैयाँ २१ पैसा र बिक्रीदर १७० रुपैयाँ ९८ पैसा रहको छ ।
१० जापानी येनको खरिददर ८ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८ रुपैयाँ ५७ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४० पैसा र बिक्रीदर १८ रुपैयाँ ४८ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६९ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५५ पैसा र बिक्री दर ३६ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ३९ पैसा र बिक्रीदर २८ रुपैयाँ ५२ पैसा रहेको छ ।














