कास्कीको नौडाँडामा ट्रकको ठक्करबाट पैदल यात्रीको ज्यान गयो

केन्द्रभाग मिडिया

Dead body in a mortuary

पोखरा ।

कास्कीमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ नौडाँडामा ट्रक अनलोड गरी ब्याक गर्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिई घाईते पैदलयात्रीको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

आज दिउँसो १ बजेर ५० मिनेटको समयमा ग १ क २६२५ नम्बरको ट्रकले सोही ठाउँ बस्ने वर्ष ७० का दुर्गा प्रसाद दाहाललाई ठक्कर दिई घाईते उनको पोखराको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरिक्षक तथा सुचना अधिकारी बसन्त कुमार शर्माले जानकारी दिए ।

दुर्गाप्रसादको दिउँसो २ बजेर ५० मिनेटको समयमा उपचारको क्रममा ज्यान गएको चिकित्सकले पुष्टि गरेका हुन् । प्रहरी चौकी नौडाँडा र वडा प्रहरी कार्यालय बगर कास्कीबाट प्रहरी टोली खटिई उक्त ट्रक र ट्रक चालक जिल्ला धादिङ गल्छी गाउँपालिका वडा नम्बर २ बस्ने वर्ष ३५ का लेख बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

  • २४ जेष्ठ २०८१, बिहीबार १६:४९ प्रकाशित