काठमाडौँ ।
राष्ट्रिय जनमोर्चाले पोखरामा सहकारी पीडितमाथि सरकारले दमन गरेको भन्दै त्यसको विरोध गरेको छ । सो पार्टीका अध्यक्ष चित्रबहादुर केसीले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो घटनाको विरोध गरेका हुन् ।
जारी विज्ञप्तिमा सहकारी पीडितहरूको प्रदर्शनका क्रममा दमन गर्दा गिरफ्तार गरिएकाहरूलाई अविलम्ब रिहा गर्न तथा घाइतेहरूको उपचारसमेत गर्न सरकारसँग माग गरिएको छ ।
अध्यक्ष केसीले सहकारी पीडितहरूको आन्दोलन जायज रहेको भन्दै सो आन्दोलनप्रति ऐक्यबद्धता समेत जनाएका छन् । उनले प्रधानमन्त्री कै उपस्थितिमा सहकारी पीडितहरूमाथि दमन र धरपकड गर्ने सरकारको कार्य गम्भीर रूपले भर्त्सनायोग्य रहेको समेत बताएका छन् ।