पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलर एकको खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा रहेको छ ।
आज युरो एकको खरिददर १४४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४५ रुपैयाँ २४ पैसा छ । यस्तै आज पाउण्ड एकको खरिददर १७० रुपैयाँ ०० पैसा र बिक्रीदर १७० रुपैयाँ ७६ पैसा रहको छ ।
१० जापानी येनको खरिददर ८ रुपैयाँ ५२ पैसा र बिक्रीदर ८ रुपैयाँ ५६ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १८ रुपैयाँ ४५ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६५ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ३३ पैसा र बिक्रीदर २८ रुपैयाँ ४६ पैसा रहेको छ ।














