जनकपुरधाम ।
विश्वासको मत सार्ने प्रस्ताव गरेका मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव आजै राति १२ बजेपछि पदमुक्त हुने भएका छन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएका कारण मुख्यमन्त्री यादव आज विश्वासको मत लिने तयारी गरेका थिए ।
प्रदेशसभा सचिवालयले पनि मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको भन्दै आज दिउँसो ३ बजेका लागि बैठक डाकेको थियो ।
मुख्यमन्त्री यादवले भने अन्तिम समयमा आफू बिरामी परेको भन्दै विश्वासको मत लिने सम्बन्धी कार्यसूची सार्न सभामुखलाई आग्रह गर्दै पत्र पठाए ।
अहिले त्यो विषयमा निर्णय लिन सभामुख रामचन्द्र मण्डल कानूनी परामर्शमा व्यस्त छन् । प्रदेशसभा बैठक बस्नेरनबस्ने पनि अन्योल छ ।मुख्यमन्त्री यादवले अब जेष्ठ २८ मा विश्वासको मत लिने बताएका छन् । तर त्यसअघि नै उनी पदमुक्त हुने भएका छन् ।