पोखरा ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आज पोखरामा केही सहकारी पीडितले कालो झण्डा देखाएका छन् ।
पार्टी कार्यकर्तालाई सम्बोधन गर्न पोखरा सभागृह आउँदा प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारी पीडितले कालो झन्डा र प्रदर्शन गरेका थिए ।
आफुलाई कालो झण्डा देखाएपछि प्रधानमन्त्री प्रचण्डले कालोझण्डा देखाउने सहकारी पीडितले ब्लण्डर गल्ती गरेको बताएका छन् ।
प्रचण्डले भने, ‘यो सरकार पीडितहरूको पक्षमा छ । ५ लाखसम्मको बचत फिर्ता गर्ने सरकार यही हो । यस्तो सरकालाई कालो झन्डा देखाएर तपाईंहरुले ब्लण्डर गर्नुभयो ।’