कोशी सरकार गठनविरुद्धको रिट पूर्ण इजलासमा पठाउने आदेश

केन्द्रभाग मिडिया

काठमाडौँ ।

कोशी प्रदेश सरकार गठनविरुद्धको रिट निवेदन पूर्ण इजलासमा पठाउने आदेश भएको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासले पूर्ण इजलासमा पठाउने आदेश गरेको हो ।

यससँगै अब अब तीन वा सोभन्दा धेरै न्यायाधीशको इजलासले सुनुवाई गर्नेछ। कोशीका विवादमा एउटै दफामा टेकेर दुई पटक सरकार गठन गर्न मिल्छ कि मिल्दैन भनी विवाद भएपछि संवैधानिक ब्याख्याका लागि पूर्ण इजलासमा पठाउने आदेश भएको सर्वोच्चले जनाएको छ ।

  • २३ जेष्ठ २०८१, बुधबार १४:३३ प्रकाशित