भारतीय लोकसभा निर्वाचनको मत परिणाम सार्वजनिक : भाजपाको लोकप्रियता घट्यो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

भारतीय लोकसभा निर्वाचन–२०२४ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । कुल ५४३ सिटमा भएको निर्वाचनमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)को लोकप्रियता घटेको देखिएको छ ।

२०१९ मा सम्पन्न निर्वाचनमा ३०३ सिट जितेको भाजपाले हाल केवल २४० सिटमा मात्र विजयी भयो । पार्टीले गएको चुनावको तुलनामा ६३ सिट गुमाएको हो ।

प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस (आईएनसी)ले ९९ सिटमा जित हात पारेको छ । उसले गएको चुनावको तुलनामा ४७ सिट बढी पाएको हो ।

यसैगरी समाजवादी पार्टीले ३७ सिट, अल इन्डिया तृणमुल कांग्रेसले २९, द्रविड मुन्नेत्र कजगमले २२ सिट तथा तेलुगु देसामले १६ र जनता दल (एकीकृत)ले १२ सिट जितेको छ ।

 

 

  • २३ जेष्ठ २०८१, बुधबार ०९:२१ प्रकाशित