पोखरा २२ मा माटो परीक्षण संगै हाते ट्रयाक्टर वितरण

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिका वडा नं २२ का कृषकलाई हाते ट्रयाक्टर वितरण संगै कृषकहरुको माटोको परीक्षण गरिएको छ । वडा स्तरीय कृषि सञ्जाल पोखरा २२ को आयोजना र पोखरा महानगरपालिका वडा नं २२ को आर्थिक सहयोगमा हाते ट्रयाक्टर र प्लाष्टिक टनेल बितरण संगै माटो परीक्षण गरिएको हो ।

सो अवसरमा वडा भित्रका २४ कृषकलाई हाटे ट्रयाक्टर, १० वटा किसानलाई प्लाष्टिक टनेल वितरण र ४५ वटा कृषकका माटो परीक्षण गरिएको थियो । सो अवसरमा वोल्दै पोखरा महानगरपालिका वडा नं २२ का अध्यक्ष हिमलाल बरालले कृषकहरुलाई गोरु पाल्न गाह्रो भएका कारण आफुहरुले त्यस्ता किसानहरुलाई लक्षित गरी हाते ट्रयाक्टर बितरण गरिएको र विगतका वर्षहरुमा कृषकहरुले असिनाबाट क्षती पुगेका कारण उनीहरुलाई लक्षित गरी प्लाष्टिक टनेल बितरण गरेको वताए । कृषकहरुले उत्पादनलाईनै जोड दिन समेत अध्यक्ष बरालले आग्रह समेत गरे ।

त्यस्तै पोखरा महानगर कृषि बिकास महाशाखा प्रमुख मनहर कडरियाले किसानले बिउ देखी बजार सम्म समस्या खेपिरहेको वताउदै त्यसको समाधानको लागि सम्बन्धित निकायले ध्यान दिन आवश्यक रहेको वताए । कृषकहरुलाई लक्षित गरी वितरण गरिएको हाते ट्रयाक्टरहरु बिगतका वर्षहरुमा वितरणमा अनियमितता भएको र अबका वर्षहरुमा त्यस्ता अनियमितता भएको थाहा पाएमा कारबाही गरिने उनको भनाइ रहेको थियो ।

पोखरा महानगरपालिका वडा नं २२ का वडा सचिव राम प्रसाद पौडेलले कृषकहरु स्वयं अग्रसर भएर माटोको पहिचानलगरि प्रतिफल लिन कृषकहरुलाई आग्रह गरे । वडा स्तरिय कृषि सञ्जालका अध्यक्ष देवी लाल बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषकहरु खेमराज बराल, डासिराम पौडेल, फणीन्द्र बराल लगायतले आ आफ्नो धारणा रखोका थिएभने कार्यक्रमको सञ्चालन सञ्जालका सचिव उमाकान्त बरालले गरेका थिए ।

  • २२ जेष्ठ २०८१, मंगलवार १८:३२ प्रकाशित