पोखरा १३ गौडाकोमुखमा टिप्परसँग मोटरसाइकल ठोक्किदाँ २ जना घाईते

केन्द्रभाग मिडिया

File photo

पोखरा ।
पोखरामा टिप्परसँग मोटरसाइकल ठोक्किदाँ २ जना घाईते भएका छन् ।

आज बिहान ८ बजेको पोखरा महानगरपालिका वडा नम्बर १३ गौडाकोमुखस्थित वी.पी मार्गबाट लामाचौर तर्फ जाँदै गरेको ग १ ख ६३९४ नम्बरको टिप्परमा सोही दिशातर्फ जाँदै गरेको लु ८७ प ९५२० नम्बरको मोटरसाइकल ठोक्किदाँ दुई जना घाईते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

मोटरसाइकल चालक पोखरा महानगरपालिका वडा नम्बर १४ चाउथे बस्ने वर्ष २९ का कमल थापा क्षेत्री र मोटरसाइकल पछाडी बसेका वडा नम्बर १३ काहुँखोला बस्ने वर्ष १८ की बबिता रिमाल घाईते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी बसन्त कुमार शर्माले जानकारी दिए ।

घाईते कमलको दुवै खुट्टा र दाँया हातमाचोट लागेको र उनको अवस्था सामान्य रहेको शर्माले जनाएका छन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ । बबिताको भने दुवै खुट्टा र ढाडमा चोट लागेको र उनको अवस्था सिरियस रहेको बताइएको छ । उनको पनि गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

उक्त मोटरसाइकल, टिप्पर र टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

  • २१ जेष्ठ २०८१, सोमबार १०:२५ प्रकाशित