स्याङ्जाका स्थानीय तहलाई पाँच अर्ब भन्दा बढी बजेट

प्रकाश डोटेल

स्याङ्जा ।

सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा स्याङ्जाका ११ स्थानीय तहलाई ५ अर्ब ४३ करोड विनियोजन गरेको छ । विनियोजित बजेट मध्ये ५ नगरपालिकालाई तीन अर्ब तीन करोड ५४ लाख र ६ गाउँपालिकाको लागि एक अर्ब ९६ करोड ८९ लाख विनियोजन गरेको हो ।

नगरपालिका तर्फ सबैभन्दा बढी पुतलीबजार नगरपालिकालाई एक अर्ब ४ करोड ४१ लाख रुपैयाँ विनियोजन गरिएको छ भने भीरकोट नगरपालिकालाई सबै भन्दा कम ४० करोड ७८ लाख विनियोजन गरिएको छ ।

नगरपालिका तर्फ पुतलीबजारलाई एक अर्ब ४ करोड ४१ लाख विनियोजन गरिएको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा १३ करोड ८८ लाख, सशर्त अनुदानमा ८६ करोड ८३ लाख, विशेष अनुदान तर्फ ९० लाख र समपुरक अनुदानमा दुई करोड ८० लाख रहेको छ ।

वालिङलाई समानीकरण अनुदानमा १५ करोड १० लाख, सशर्त अनुदान तर्फ ४१ करोड ८८ लाख, विशेष अनुदानमा एक करोड २० लाख र समपुरक अनुदानमा दुई करोड ८५ लाख गरी ६१ करोड तीन लाख विनियोजन गरिएको छ । गल्याङ्लाई समानीकरण अनुदानमा १२ करोड ४५ लाख, सशर्त अनुदान तर्फ ३७ करोड ८२ लाख, विशेष अनुदानमा तीन करोड गरी ५३ करोड २७ लाख विनियोजन भएको छ ।

उता चापाकोटलाई ४४ करोड ५ लाख विनियोजन गरिएको छ । विनियोजित बजेटमा समानीकरण अनुदानमा १० करोड ७ लाख, सशर्त अनुदान तर्फ ३१ करोड ४८ लाख, र समपुरक अनुदानमा दुई करोड ५० लाख रहेको छ । भीरकोटलाई समानीकरण अनुदानमा १० करोड २२ लाख, सशर्त अनुदान तर्फ २७ करोड एक लाख, विशेष अनुदानमा दुई करोड १५ लाख र समपुरक अनुदानमा एक करोड ४० लाख गरी ४० करोड ७८ लाख विनियोजन गरिएको छ ।

गाउँपालिका तर्फ सबैभन्दा बढी कालीगण्डकीलाई ४३ करोड ८८ लाख रुपैयाँ विनियोजन गरिएको छ भने सबै भन्दा कम फेदीखोलालाई २६ करोड ६६ लाख विनियोजन गरिएको छ । कालीगण्डकीलाई समानीकरण अनुदानमा ९ करोड ४४ लाख, सशर्त अनुदान तर्फ ३० करोड ७४ लाख, विशेष अनुदानमा तीन करोड ७० लाख गरी ४३ करोड ८८ लाख विनियोजन गरिएको छ ।

बिरुवालाई ३४ करोड ६८ लाख बजेट विनियोजन गरिएको छ । समानीकरण अनुदानमा ८ करोड ६३ लाख, सशर्त अनुदान तर्फ २२ करोड ७० लाख, विशेष अनुदानमा दुई करोड ६० लाख र समपूरक अनुदानमा ७५ लाख रहेको छ । आँधिखोलालाई समानीकरण अनुदानमा ८ करोड ३६ लाख, सशर्त अनुदान तर्फ २३ करोड १९ लाख, विशेष अनुदानमा एक करोड ५० लाख र समपूरक अनुदानमा एक करोड ५० लाख गरी ३४ करोड ५५ लाख विनियोजन गरिएको छ ।

अर्जुनचौपारीलाई २९ करोड १९ लाख विनियोजन गरिएको छ । विनियोजित रकममा समानीकरण अनुदान तर्फ ८ करोड १८ लाख, सशर्त अनुदानमा १९ करोड एक लाख र समपूरक अनुदानमा दुई करोड गरी रहेको छ । हरिनाशलाई समानीकरण अनुदानमा ८ करोड २३ लाख, सशर्त अनुदान तर्फ १८ करोड ५५, विशेष अनुदानमा एक करोड १५ लाख गरी २७ करोड ९३ लाख विनियोजन भएको हो ।

फेदीखोलालाई २६ करोड ६६ लाख विनियोजन भएको छ । विनियोजित बजेटमा समानीकरण अनुदानमा ७ करोड ४८ लाख, सशर्त अनुदान तर्फ १७ करोड ८ लाख, विशेष अनुदानमा एक करोड १० लाख र समपूरक अनुदान एक करोड रहेको छ ।

जिल्लाका ११ स्थानीय तहहरुलाई विनियोजित बजेटमा समानीकरण अनुदान तर्फ एक अर्ब १२ करोड चार लाख, सशर्त अनुदानमा तीन अर्ब ५६ करोड २९ लाख, विशेष अनुदानमा १७ करोड ३० लाख र समपुरक अनुदान तर्फ १४ करोड ८० लाख गरी कुल ५ अर्ब ४३ लाख बजेट विनियोजन भएको हो ।

  • २० जेष्ठ २०८१, आईतवार १२:५५ प्रकाशित