काठमाडौँ ।
नेकपा एकीकृत समाजवादीले मधेस प्रदेश सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ ।
जसपाका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार अल्पमतमा परेपछि एकीकृत समाजवादीले आफ्नो पार्टीबाट मन्त्री भएकाहरूलाई फिर्ता बोलाउने तयारी गरेको हो ।
मधेस प्रदेश सरकारबाट एमाले र माओवादी फिर्ता भैसकेका छन् । सो प्रदेशमा नयाँ समीकरणअनुसार एमाले, माओवादी केन्द्र जनमत र एकीकृत समाजवादी मिलेर सरकार बनाउने तयारी छ ।
सोही तयारी अनुसार एकीकृत समाजवादीले यादव नेतृत्वको सरकारमा रहेका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुङ्गेलीलाई फिर्ता बोलाउने तयारी गरेको एकीकृत समाजवादीका एक पदाधिकारीले बताए ।