काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले बजेटको समर्थन गर्ने र पारित गर्ने पनि बताएका छन् । तर, बजेटबारे असन्तुष्ट रहेको संकेत गर्दै उनले प्रश्न उठाउन आफ्ना पार्टीका सांसदहरु स्वतन्त्र रहेको बताएका छन् ।
शनिबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले आइतबारदेखि संसदमा सुरू हुने बजेटमाथिको छलफलमा सहभागी भई त्यसका बजेटमा केही कमजोरी छन् भने औंल्याउन भनेका हुन् । अध्यक्ष ओलीले सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
सरकारले नेकपा माओवादी केन्द्रप्रति ढल्किएको बजेट ल्याएको भन्दै उनले अर्थमन्त्री पुनको आलोचना नै गरेका छन् । बजेट समाजवाद उन्मुख हुनुपर्नेमा अन्योलग्रस्त देखिएको उनको टिप्पणी थियो ।