नयाँ दिल्ली ।
भारतमा गर्मीका कारण हिजो बिहीबार एकै दिन ७९ जनाको ज्यान गएको छ । बिहार, झारखन्डसमेत ७ राज्यमा एकै दिन लूका कारण सो सङ्ख्यामा ज्यान गएको भारतीय सञ्चारमाध्यमले समाचारमा उल्लेख गरेका छन् ।
सबैभन्दा धेरै बिहारमा ४४ जनाको ज्यान गएको छ । झारखन्डमा १५ जना, ओडिशाको राउरकेलामा ६ घण्टाको अन्तरालमा १० जनाको ज्यान गएको थियो ।
राजस्थान र छत्तीसगढमा मर्नेको संख्या क्रमशः ५ र ३ थियो । उत्तर प्रदेश र दिल्लीमा १-१ जनाको ज्यान गएको छ । मौसम विभागले शुक्रबारका लागि यी राज्यमा लूसम्बन्धी अलर्ट जारी गरेको छैन । बिहीबार अधिकांश राज्यमा लूसम्बन्धी अलर्ट जारी गरिएको थियो । पछिल्ला दिनहरूमा भारतमा गर्मीका कारण दिनहुँ कयौँको ज्यान गइरहेको छ ।