गर्मीले एक जनाको ज्यान गयो, धनगढीमा अहिलेसम्मकै उच्च तापक्रम

केन्द्रभाग मिडिया

धनगढी ।

कैलालीमा गर्मीका कारण एक जनाको ज्यान गएको छ । बर्दियाबाट बसमा बुधबार घर फर्किरहेका जिल्लाको कैलारी गाउँपालिका ७ रामपुरका २९ वर्षीय इन्द्रबहादुर रानामगरको ज्यान गएको हो ।

ईलाका प्रहरी कार्यालय हसुलियाका प्रमुख लोकेन्द्र चन्दका अनुसार उनी बर्दियाबाट कैलालीको मसुरिया बजार झरेपछि मसुरियाबाट हसुलिया बजारको लागि हिँडेको से १ ख ८१० नम्बरको बसमा आमा बुवासहित सवार थिए ।

उच्च गर्मीकै बीच बसमै एकछिन आराम गर्छु भनी सुतेका उनी हसुलिया बसपार्क पुगेपछि मृत भेटिएको चन्दले बताए । उनको गर्मीपछि हृदयघातका कारण नै ज्यान गएको प्रहरीको भनाइ छ ।

पछिल्लो केही दिनदेखि बढेको अत्यधिक गर्मीले धनगढीको जनजीवन कष्टकर बनेको छ । गर्मीसँगै तातो हावा ९लु० चलेपछि जनजीवन कष्टकर बनेको हो ।बिहीबार सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको धनगढी ९कैलाली०मा हालसम्मकै उच्च तापमान मापन गरिएको छ ।

महाकाली वेसिन फिल्ड कार्यालय अत्तरियाले पौने ३ बजे गरेको मापन अनुसार अधिकतम तापक्रम ४४ं।१ डिग्री सेल्सियस र न्यूनतम ३०।२ डिग्री सेल्सियस रहेको छ ।

यो तापमान अहिलेसम्मकै उच्च तापक्रम भएको कार्यालयका मौसम विज्ञान सहायक सिंगल चौधरीले जानकारी दिए । चौधरीले सन् १९९६ पछि पहिलोपटक सबैभन्दा धेरै तापक्रम रेकर्ड भएको पनि बताए । तापक्रम अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

गर्मीले जनजीवन कष्टकर बनेपछि कैलाली र कञ्चनपुर जिल्लाका विद्यालयहरु केही समयको लागि बन्द गराइएको छ ।

विहीबार मात्रै धनगढी उपमहानगरभित्र रहेका विद्यालयहरुलाई एक हप्ता बन्द गर्न निर्देशन दिइएको छ । अत्याधिक गर्मी बढेपछि उपमहानगरभित्र रहेका सबै विद्यालयहरु १८ गतेदेखि बन्द गर्न पत्र पठाइएको हो ।

  • १७ जेष्ठ २०८१, बिहीबार १७:०४ प्रकाशित