पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलरको भाउ बढेको छ ।
आज डलर एकको खरिददर १३३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६६ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३२ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३९ पैसा थियो। आज युरो एकको खरिददर १४४ रुपैयाँ २४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८९ पैसा रहेको छ ।
आज पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १७० रुपैयाँ ३५ पैसा छ ।१० जापानी येनको खरिददर ८ रुपैयाँ ४६ पैसा र बिक्रीदर ८ रुपैयाँ ५० पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १८ रुपैयाँ ४४ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६४ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ २९ पैसा र बिक्रीदर २८ रुपैयाँ ४२ पैसा रहेको छ ।














