गण्डकी प्रदेशसभा बैठक आज बस्दै

बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्ने सरकारको तयारी

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशको संसद् बैठक आज बस्दै छ । गण्डकीमा हिजो बुधबार नयाँ सरकार गठन भएको छ । नयाँ सरकार गठन भएसँगै आज बैठक बस्न लागेको हो । बैठक आज दिउँसो १ बजे बस्ने गरि बोलाइएको छ । यसअघि मंगलबार बैठक बोलाइएकोमा सूचना टाँसेर स्थगित गरिएको थियो ।

बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्ने तयारी छ । तर सरकारसँग बहुमत नभएका कारण पारित हुने सम्भावना न्यून रहेको छ ।

हिजो मुख्यमन्त्रीमा नियुक्त भएसँगै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हिजै सपथ लिएका छन् । पाण्डेसँगै हिजो दुई मन्त्रीले पनि सपथ लिएका छन् । सपथ लिएसगैँ मुख्यमन्त्री पाण्डेले नीति तथा कार्यक्रम र बजेट संसदबाटै ल्याउने दाबी गरेका छन् ।

  • १७ जेष्ठ २०८१, बिहीबार ०९:१९ प्रकाशित