दुर्घटना

सुर्खेतमा जिप दुर्घटना : चार जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

सुर्खेत ।

सुर्खेतमा जिप दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको ज्यान गएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ ।

सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै दुर्घटना भएको हो ।

प्रहरीका अनुसार जिप सडकबाट ३ सय मिटर तल खसेको छ । जिप बिहीबार बिहान दुई बजेतिर दुर्घटना भएको भएपनि ढिलो गरी मात्रै थाहा भएकाले यतिबेला प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्य गरिरहेको छ ।

जिपमा ८ जना सवार रहेको अनुमान गरिएको छ । अहिलेसम्म ४ जनाको शव भेटिएको छ भने बाँकीको खोजी कार्य पनि भइरहेको प्रहरीले बताएको छ ।

  • १७ जेष्ठ २०८१, बिहीबार ०९:०० प्रकाशित