पोखरा ।
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सपथ लिएका छन् । उनीसहित सहित कांग्रेसका बिन्दुकुमार थापा र डा. टकराज गुरुङलाई लिएर सपथ लिएका छन् । थापाले उर्जा मन्त्रालयको समेत जिम्मा पाएका छन् ।
सर्वोच्चको परमादेश अनुसार नियुक्त भएका मुख्यमन्त्री पाण्डेले बुधबार सभागृह हलमा आयोजित कार्यक्रममा सपथ लिएका हुन् ।
गुरुङले अर्थ र थापाले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मा पाएका छन् । थापा दोस्रोपटक प्रदेश मन्त्री भएका हुन् । उनी कृष्णचन्द्र नेपाली नेतृत्वको सरकारमा कानुन मन्त्री थिए ।
आजमात्रै प्रदेश प्रमुख भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए ।
१४ जेठमा सर्वोच्च अदालतले तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्दा अपनाएको प्रक्रिया असंवैधानिक ठहर गर्दै कांग्रेस नेता पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो ।